बाध्यतामा बिछोडिनु हाम्रो ठुलो भुल सम्झ,
तिम्रो-मेरो मिलन गर्ने यिनै गजल पुल सम्झ ।
सगरमाथा सिखर जस्तै चुलिएका रहरहरु,
स्वयंभुको वरिपरी टाॅगिएका तुल सम्झ ।।
माया के हो? प्रेम के हो? थाहा हुन्न एकै साथमा,
बिछोड एउटा कोपीला भए, मिलनलाई फुल सम्झ ।
मिलनपछि बिछोड भन्छन् बिछोडपछि मिलन रे,
यस्तै हुन्छ अरे काली ! मायाको यै अशुल सम्झ ।।
मायै-माया बोकी ल्याउला एकदिन अवश्य नै,
सुन काली ! आजैदेखी यो "सन्तोष" को कबुल सम्झ ।।।
No comments:
Post a Comment